FAQs Complain Problems

समाचार

Pages

क्व्होलासोथार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित डंगु रोगबाट बच्ने सम्बन्धि जनचेतनामुलक सूचना

संक्षित परिचय

क्व्होलासोथार गाउँपालिकाको डेंगु ज्वरो सम्बन्धि जनहितमा जारी सूचना ।।।

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइ बाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ । यो लामखुट्टेले विशेष गरि दिउशो मात्र त्प्कने गर्दछ र बर्षाद मौषम सुरु भए पछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ :

डेंगु रोगको लक्षणहरु:

  • एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउनु ( ३९ डिग्री से. भन्दा बढी ) ,
  • बेस्सरी टाउको दुख्नु,
  • आखाको गेडी दुख्नु ,
  • शरीरमा दाव्र्हरु आउने,
  • अरुचि हुने जोर्नीतथा मांसपेशीहरु बेस्सरी दुख्नु,
  • पेट तथा आन्दामा गडबडी हुने ।

डेंगु ज्वरोको संक्रमंबता बच्ने उपायहरु:

लामखुट्टेको टोकाईबाट जोगिनु नै उत्तम उपाय हो र निम्न कुरामा ध्यान दिनु पर्दछ:

  • पुरा शरीर ढाकिने गरि कपडा लगाउने,
  • लामखुट्टेको टोकाई बाट बच्न मलम जस्ता सामग्रीको प्रयोग गर्ने,
  • रति र दिउसो झुल भित्र सुत्ने,
  • घर-वरपर वा खेतबारीमा काम गर्न जादा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पुराउने,
  • झ्याल/ढोका जाली लगाई बन्द राख्ने ।

लामखुट्टेले फुल पर्ने ठाउमा फुल पार्न नदिन गर्नु पर्ने उपाय:

  • पानी राख्ने भाडाहरु सधै छोपेर राख्ने,
  • पानी जम्मा हुने खाल्डा-खुल्डी पुर्ने र घर आगन सफा राख्ने,
  • लामो समय सम्म एकै ठाउँमा पानी जम्मा गरेर नराख्ने ।

 

डेंगु ज्वरो विरुद्ध कुनै खोप छैन ।।।

आर्थिक वर्ष: