FAQs Complain Problems

क्व्होलासोथार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित डंगु रोगबाट बच्ने सम्बन्धि जनचेतनामुलक सूचना

संक्षित परिचय

क्व्होलासोथार गाउँपालिकाको डेंगु ज्वरो सम्बन्धि जनहितमा जारी सूचना ।।।

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइ बाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ । यो लामखुट्टेले विशेष गरि दिउशो मात्र त्प्कने गर्दछ र बर्षाद मौषम सुरु भए पछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ :

डेंगु रोगको लक्षणहरु:

  • एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउनु ( ३९ डिग्री से. भन्दा बढी ) ,
  • बेस्सरी टाउको दुख्नु,
  • आखाको गेडी दुख्नु ,
  • शरीरमा दाव्र्हरु आउने,
  • अरुचि हुने जोर्नीतथा मांसपेशीहरु बेस्सरी दुख्नु,
  • पेट तथा आन्दामा गडबडी हुने ।

डेंगु ज्वरोको संक्रमंबता बच्ने उपायहरु:

लामखुट्टेको टोकाईबाट जोगिनु नै उत्तम उपाय हो र निम्न कुरामा ध्यान दिनु पर्दछ:

  • पुरा शरीर ढाकिने गरि कपडा लगाउने,
  • लामखुट्टेको टोकाई बाट बच्न मलम जस्ता सामग्रीको प्रयोग गर्ने,
  • रति र दिउसो झुल भित्र सुत्ने,
  • घर-वरपर वा खेतबारीमा काम गर्न जादा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पुराउने,
  • झ्याल/ढोका जाली लगाई बन्द राख्ने ।

लामखुट्टेले फुल पर्ने ठाउमा फुल पार्न नदिन गर्नु पर्ने उपाय:

  • पानी राख्ने भाडाहरु सधै छोपेर राख्ने,
  • पानी जम्मा हुने खाल्डा-खुल्डी पुर्ने र घर आगन सफा राख्ने,
  • लामो समय सम्म एकै ठाउँमा पानी जम्मा गरेर नराख्ने ।

 

डेंगु ज्वरो विरुद्ध कुनै खोप छैन ।।।

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर रु
आवश्यक कागजातहरुः-

. २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
.सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
. जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. मृतकको नागरिकता
. सूचना दिने सुचकको नागरिकता
. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. दुलाह- दुलहीको नागरिकता
. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
. माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाको बाबुको नागरिकता
.आमाको नागरिकता
.नियामानुसार सूचना दिने व्यतीको नागरिता
.सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने
.अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने उमेर पुग्ने चौमासिक र अन्यको हकमा सोहि आ.व को निबेदन पेश गरे पश्चात चौमासिक सो को लागि सामाजिक सुरक्षा समितिको बैठबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप