FAQs Complain Problems

"स्तनपान:जीवनको आधार" भन्ने नाराको साथ स्तनपान सप्ताह मनाईयो ।।

संक्षित परिचय

यस क्व्होलासोथार गाउँपालिका अन्तर्गतक ९ वटै स्वास्थ्य संस्थामा सुनौलो १००० दिनका आमाहरुलाई लक्षित गरि "स्तनपान: जीवनको आधार " ~ BREAST FEEDING: FOUNDATIN OF LIFE" भन्ने मूल नाराको साथ २६औ विश्वस्तनपान सप्त २०७५ श्रावन १६ देखि २२ गते सम्म भब्यता पूर्ण मनाउना सफल भएको छ । स्तनपानको महत्वबारे सचेतना कार्यक्रम गरि सबै आमाहरुले जतिसक्दो छिटो १ घण्टा भित्र आमा को बिगौती दुध खुवाउने , ६ महिनासम्म आमाको दुध बाहेक अरु केहि कुरा नखुवाउने ,साथै २ बर्षको उमेर सम्म स्तनपान गराउने बिषय शिक्षा प्रदान गर्ने  उदेश्यले यो सप्ताह मनाईएको  छ ।

   हाम्रो मुकुक मा जन्मेको १ घण्टामा आमाको दुध खान नपाएर धेरै शिशुको मृत्यु र रोगको उच्च जोखिममा छन् । परम्परागत बिश्वाशले गर्दा सिशुहरु लाई जन्मेको छ महिनाभित्र मह ,पनि,मिश्री गाई-बाख्राको दुध खावाएने गरिएको छ जब कि ६ महिना सम्म चाहिने हरेक पोषक तत्व लगायत सम्पूर्ण कुरा आमाको दुधमा पाईन्छ भन्ने ज्ञानको कमि ले गर्दा अझ पनि शिशु मृत्यु दर उच्च रहेको आध्यानले देखाएको छ ।जन्मेको ६ महिना सम्म आमाको दुध नदिदा शिशुको शारीरिक र मानसिक  बिकाश पूर्ण रुपमा नहुने चिकित्सक बताउछन्  । आमाको दुधले शिसुलई संक्रमणबाट रोक्न सक्ने रोगप्रतिरोधि  क्षमता गर्नुका साथै संक्रमण र एलजी हुने सम्भावना बाट पनि बचाउछ  ।

स्तनपानबाट आमालाई फाइदा :

१.आमा र शिशुको सम्बन्ध बलियो बनाऊ छ 

२. आमाको छालामा निखार आउछ

३. पाठेघर खुम्चिएर पुरानो अवस्तामा फर्किन्छ

४. उदासी रोग हुन पाउदैन 

५. केहि समयसम्म महिनावारी हुदैन

६. टाईप २  मधुमेह हुने खतरा घटछ 

७. मुटु रोगको जोखिम घट्छ

८. तुरुन्त गर्भ रहन पाउदैन 

 

 

आर्थिक वर्ष: