FAQs Complain Problems

"सक्षम निजामती प्रशासन :विकास समृद्धि र सुसाशन" निजामती दिवस २०७६

संक्षित परिचय

"सक्षम निजामती प्रशासन :विकास समृद्धि र सुसाशन" भन्ने मुल नाराका साथ निजामती दिवस २०७६ गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । विहान ७.३० बजे बाट सुरु कार्यक्रमका गाउँपालिका कार्यालय परिसर,स्वाथ्य शाखा परिसर, २न• वार्ड कार्यालय को हाता, मालिङ स्वास्थ चौकीको हाता परिसर सरसफाईका साथै शारदा मा.वि जाने गोरेटो बाटो मर्मत तथा सरसफाई गरियो। दिवसको अवसरमा आयोजित महिला कुर्ची दौड (musicial chair) मा स्वास्थ चौकी मालिङ कि अ.न.मि अनु गुरुङ प्रथम र अ.हे.व राजकुमारी गुरुङ दितिय साथै पुरुष डवल ब्याडमिन्टन प्रतियोगितामा ना.सु चित्र घले,आ.ई.टि अफिसर प्रज्वल देवकोटा प्रथम तथा प्रविधिक द्वय रुद्र भण्डारी ,रमेश श्रेष्ठ दितिय स्थान हसिल गर्न सफल हुनु भयो र विजयी कर्मचारीलाई कार्यवाहक अध्यक्ष नन्दजंग गुरुङ र प्रमुख प्रशसकिय अधिकृत पितम्वर सारुले टीका र पुरस्कर दिई बधाई ज्ञापन गर्नु भयो ।।

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर रु
आवश्यक कागजातहरुः-

. २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
.सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
. जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. मृतकको नागरिकता
. सूचना दिने सुचकको नागरिकता
. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. दुलाह- दुलहीको नागरिकता
. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
. माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाको बाबुको नागरिकता
.आमाको नागरिकता
.नियामानुसार सूचना दिने व्यतीको नागरिता
.सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने
.अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने उमेर पुग्ने चौमासिक र अन्यको हकमा सोहि आ.व को निबेदन पेश गरे पश्चात चौमासिक सो को लागि सामाजिक सुरक्षा समितिको बैठबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप