FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

संक्षित परिचय

    गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत क्व्होलासोथार गाउँपालिका उत्तर-पूर्वमा मर्स्याङ्दी गाउँपालिका,पश्चिममा कास्कीको सिमाना,दक्षिण-पूर्वमा बेसीसहर नगरपालिका र दक्षिण-पश्चिममा मध्यनेपाल गाउँपालिकाको बीचमा अवस्थित रहेको छ। क्व्होलासोथार गाउँपालिकाको  स्थापना २०७३ साल मा भएको हो । यस गाउँपालिका अन्तर्गत हाल साबिकको बाग्लुङपानी गा.वि.सको वडा १,२,५ र ६ , मालिङ ,उत्तरकन्या,भुजुङ, पसगाउँ , भोजे र गिलुङ गा.वि.स लाई एक गरि क्व्होलासोथार गाउँपालिका बनेको हो। पसगाउँ र भोजे गा.वि.स लाइ दुई दुई वडामा विभाजन गरिएकाेले यस गाउँपालिकामा हाल नौ वटा वडा कायम भएको छ ।  जम्मा १७५.३७ वर्ग कि.म छेत्रफलमा फैलिएको यो क्षेत्र आन्तरिक एवम् बाहिरी पर्यटकको प्रमुख गन्तब्य बनेको छ।

  भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता भएको यस क्षेत्रमा एसिया महादेशको नमुना गाउँ घलेगाउँ र भुजुङ पनि पर्दछ। नेपालकै दोश्रो होम-स्टेको अवधारण पनि यसै गाउँपालिकाबाट सुरु भएको थियो। कृषि पर्यटन र आन्तरिक रीति-संस्कृतिले पनि क्व्होलासोथारको आफ्नै छुट्टै पहिचान बनाएको छ। गुम्बा,मठ-मन्दिर र  समुदायको भेष-भुषा, चाड-पर्बको बिषयमा अध्ययन गर्नेको लागि पनि एक गन्तव्य स्थलको रुपमा देखिएको छ । ल्होसार ,दशैँ, तिहार, बुद्ध पुर्णिमा यहाँको  प्रमुख चाडपर्ब हुन भने घाँटु सोरठि नृत्य पनि आकर्षणको रुपमा रहेका छन्। पर्यटन,चिया बगान,कफि बगान,आलैंची खेति र भेडा पालन यस भेगका आम सर्वसाधरण मानिसको प्रमुख आय आर्जनको स्रोत हो। लमजुङ जिल्लाको मनोरम दृश्य, सेता हिउले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्य हेर्नको निम्ति भिउ-टावोर,गुरुङ समुदायको परा-पूर्ब कालदेखिको रिति संस्कृति र पहिचानको जगेर्ना गर्नका निमित निर्माण गरिएको संग्रालय साथ-साथै घले राजाको पार्कले पनि क्व्होलासोथारको सुन्दरता थपेको छ ।क्व्होलासोथार गाउँपालिकामा प्रविधिको पनि राम्रै उपभोग भएको क्षेत्र मान्न सकिन्छ, भुजुंङमा माल-सामान ओसार-पोसार गर्नक लागि रोप-वेको निर्माण, पयेटकको सुबिधाको लागि विभिन्न क्षेत्रमा नि-शुल्क इन्टरनेटको सुबिधा र सौर्य-उर्जाको प्रयोगका निम्ति सर्ब-सधारणलागि प्रोत्साहन गरिएको छ ।

(स्रोत: राष्ट्रिय जनगणना २०६८,के.त.वि द्वारा प्रकाशित ) 

गा.पा केन्द्र रहेको स्थान  

जम्मा क्षेत्रफल

जम्मा घर परिवार संख्या

जम्मा जनसंख्या

पुरुष

महिला

जम्मा वडा

मालिङ

१७५.३७

२४५४

१००६७

४५४५

५५२२

आर्थिक वर्ष: