समाचार
योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गा. पामा के के कागजात पेश गर्नुपर्छ ?
संक्षित परिचय
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
 - वडा कार्यालयको राय सिफारिस पत्र।
 - प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
 - प्राविधिक MEASUREMENT BOOK।
 - योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
 - उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
 - योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
 - खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
 - डोर हाजिर फारम (प्रमाणित)।
 - खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
 - सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
 - विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
 - सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
 - जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।