FAQs Complain Problems

योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने कागजात के हुन् र यसको प्रकिया के हो??

संक्षित परिचय

१. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट समिति / पधाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति / अनुगमन समिति गठन निर्णयको प्रतिलिपि ।

२. स्वीकृत लागत अनुमान । 

३.योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन  ।

४.वडा कार्यालयको योजना सम्झौता गरिदिने सिफारिस ।

५. संघ संस्था समूह क्लव समिति आदि जस्ता अधिकारिक संस्थाद्वारा कार्यन्वयन गरिने योजना भए सोहि समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि र सोहि समूह/ संस्थाको पधाधिकारीहरुको नागरिताको प्रतिलिपि ।

६. भौतिक कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव ।